आंतोन चेखवको कथा जसलाई चोरेर वीपीले 'दोषी चश्मा' लेखे भन्ने आरोप लाग्छ


एउटा कारिन्दाको मृत्यु

आंतोन चेखव (१९८०-१९०४) एक चर्चीत रुसी नाट्यकार तथा कथाकार थिए जसलाई इतिहासकै सबै भन्दा महान् कथाकार मानिन्छ   प्रस्तुत छ  अनुप जोशीद्वारा  गरिएको उनको कथा  'द डेथ अफ एन अफिसियल' को  नेपाली अनुवाद 


 सुन्दर साँझमा सुन्दरतामा कुनै कमी नभएको न्यूनस्तरको एक सरकारी कारिन्दा इभान चेरभियाकोभ आफ्नो ओपेरा-चस्माले लेस क्लोचेस् डी कोर्नेभाइललाई हेर्दै अर्केस्ट्राको दोस्रो पंक्तिमा बसिरहेको थियो । त्यहाँ बस्दा उसले आफूलाई परमानन्दको सातौँ स्वर्गमा भएको अनुभुति गर्यो । तर अचानक (प्राय जो कोहिले पनि कथामा यो अचानकलाई पाउँछन्; लेखकहरु सही हुन्छन् जिन्दगी अनुपेक्षित कुराहरुले भरिपूर्ण छ), उसको अनुहारमा चाउरी पर्न थाल्योउसका आँखाहरु यताउति घुम्न थाले, र उसले आफ्नो श्वास रोक्यो उसले आफ्नो ओपेरा चस्मा फुकाल्यो, निहुरियो र हा-----छ्यु! उसले छ्यु गर्योजो तपाईंले देख्न सक्नुहुन्छ । हाछ्यु गर्न कसैलाई पनि कहीं कतै प्रतिबन्ध लगाइएको छैन । किसानहरुले हाछ्यु गर्छन्, प्रहरी प्रधानहरुले हाछ्यु गर्छन्, कहिलेकाहिँ त निजी सचिवहरुले समेत हाछ्यु गर्छन्; हो, सबैजनाले हाछ्यु गर्छन् । चेरभियाकोभ कुनै बुद्धिमत्ताले पनि लज्जित भएको थिएन; उसले आफ्नो नाक आफ्नो रुमालले पुछ्यो र कतै मेरो हाछ्युले कसैलाई अवरोध त पुर्याएको छैन भन्ने निश्चित गर्न विनम्रतापूर्वक झट्ट आफ्नो वरिपरी हेर्यो । र त्यसपछि उसले आफू बेकारमा डराएको रहेछु भन्ने महसुस गर्यो । उसले देख्यो कि एउटा बुढो मान्छे जो प्रथम पंक्तिमा उसको अगाडि बसिरहेको थियो, आफ्नो तालु र घांटीको पछाडिपट्टिको भागलाई पीडादायी तरिकाले उसको पन्जाले पुछिरहेको छ र केही फतफताईरहेको छ । यस्तैमा चेरभियाकोभले यी बुढा मान्छे राजमार्ग विभागका जर्नेल ब्रिजियालोभ रहेछन् भन्ने पहिचान गर्यो ।

मैले उनीमाथी हाछ्यु गरें!चेरभियाकोभले सोच्यो ।उनी मेरो हाकिम त होइनन् तैपनि यो अशिस्ट कुरा भयो । मैले क्षमायाचना गर्नैपर्छ ।

चेरभियाकोभले आफ्नो घाँटी सफा गर्यो, आफूलाई अगाडि तर्फ सार्यो अनि जर्नेलको कानमा साउती मार्यो, ‘म क्षमा चाहन्छुसरकार; मैले मौसुफमाथि हाछ्यु गरेंमैले दुर्घटनावश-

चिन्ता नगर, चिन्ता नगर-

स्वर्गको लागि मलाई क्षमा गरिबक्स्योस् । मैले मैले त्यसो गर्न खोजेको होइन-

, कृपया बस त! अगाडि के भनिरहेको छ मलाई सुन्न देऊ ।

चेरभियाकोभ असमन्जस्यताले व्याकुल भयो । उसले मूर्खतापूर्वक मुस्कुरायो र स्टेजतर्फ हेर्न थाल्यो । उसले त्यतातिर हेर्यो तर अब परमानन्दको अनुभूति गर्न छाड्यो । उसलाई चिन्ताले सताउन थाल्यो । अर्को मध्यान्तरमा ऊ ब्रिजियालोभतर्फ गयोउनको छेवैमा हिड्यो र आफ्नो काँतरतालाई पराजित गर्दै बर्बरायो: मैले सरकारमाथि हाछ्यु गरें । मलाई क्षमा गरिबक्स्योस् । देखिबक्स्योस्, मैले त्यस्तो गर्न खोजेको-

ह्या, यो त अत्ति भयो! मैले त्यसलाई अघि नै बिर्सिसकें, र तिमी त्यहि यौटै कुरालाई दोहोर्याइरको छौ ।जर्नेलले आफ्नो तल्लो ओंठ घुमाउदै अधैर्यतापूर्वक भने ।

उनले भन्न त त्यसलाई बिर्सिसकें भनेर भने तर उनको आँखामा द्वेष छ’, जर्नेलतर्फ सन्देहपूर्वक हेर्दै चेरभियाकोभले मनमनै सोच्यो ।उनी बोल्दासमेत त बोल्दैनन् । मैले उनलाई व्याख्या गर्नैपर्छ कि मैले त्यसो गर्न खोजेको थिइनँ हाछ्यु गर्नु त प्रकितिको नियम हो नभए उनले सोच्नेछन् कि मैले उनलाई थुकें । उनले अहिले त्यस्तो सोचेको छैनन् भने पनि पछि त पक्कै सोच्नेछन् ।

घर पुगेपछि चेरभियाकोभले आफ्नी श्रीमतीलाई आफ्नो अशिष्टताको बारेमा बतायो । उसलाई लाग्यो जे हुन गयो त्यसलाई उसकी श्रीमतीले निकै अविनीत तवरले बुझी । शुरुमा ऊ शतर्क मात्र भएकी थिई, जब उसले थाहापाई कि ब्रिजियालोभ उनीहरुको हाकिम होइनन् तब उसले आश्वस्त महसुस गरी ।

फेरी पनि तपाईंले गएर क्षमायाचना माग्नुपर्छ’, उसले भनी ।उनले यो सोच्न सक्छन् कि तिमीलाई समाजमा कसरी व्यवहार गर्ने भन्नेबारे थाहा छैन ।

त्यो त्यति नै हो! मैले माफी मागी सकेको छु, तर उनले निकै उत्सुकतापूर्ण व्यवहार देखाए; उनले केही पनि अर्थराख्ने कुरा भनेनन् । फेरी, हुन त त्यो बेला वार्तालापको लागि कुनै उपयुक्त समय पनि त थिएन ।
भोलिपल्ट चेरभियाकोभले दाह्री खौरियो, कहिल्यै नलगाएको नयाँ पोशाक लगायो र ब्रिजियालोभलाई सबै कुराको स्पष्टीकरण दिन्छु भनेर निस्कियो । जर्नेलको वैठक कोठामा प्रवेश गर्दा उसका आखाँ त्यहाँ उपस्थित अनुनयकर्ताहरुको ठूलो भीडमा पर्यो । र तिनीहरुको बीचमा जर्नेल थिए, जसले आफ्नो स्वागत कार्यक्रम शुरु गरिरकेका थिए । आफ्ना धेरै अनुनयकर्ताहरुलाई सोधपुछ गरिसकेपछि उनले आफ्ना आँखा चेरभियाकोभतिर उठाए ।

सरकारहजुरले सम्झीबक्सेको छ भने, हिजो ओपेरामा-‘, सानो कारिन्दाले शुरु भन्न गर्यो, ‘मैले छ्यु गरें र दुर्घटनावश तपाईंलाई त्यसको छिटाहरु पर्यो । मलाई मा-

कस्तो वकवास! तँलाईं सडेको! मैले तेरो लागि के गर्न पर्यो?

उनी मसंग बोल्दैनन्!’, निलो हुँदै चेरभियाकोभले सोच्यो ।उनी रिसाएका छन् । मैले उनलाई स्पष्टीकरण दिनुपर्छ-

जब जर्नेल अन्तिम अनुनयकर्तासंग आफ्नो वार्तालाप सकेर भित्रिकक्षमा जान लागेका थिए, चेरभियाकोभ उनीसामू लम्कियो र बर्बरायो, ‘सरकारयदि मैले हजुरसमक्ष विन्ती चढाउन सक्छु भने, म यहाँलाई पश्चतापको भावनाले आश्वास्त पार्न चाहन्छु । मैले जानीजानी त्यस्तो गरेको होइन । सरकारले बुझिदिबक्स्यो कि-
जर्नेलले उदास अनुहार बनायो र आफ्नो हात हल्लायो ।

तिमी मसंग केवल जिस्किँदै छौँ!ढोकाभित्र हराउँदै उनले भने ।

उनले भने कि म जिस्किरहेको छु!चेरभियाकोभले सोच्यो ।तर यसमा त जिस्किनुपर्ने केही पनि कुरा थिएन । उनी जर्नेल हुन् र उनले त्यो देख्न सक्दैनन्1 तर त्यस्तो अवस्था नरहेकोले, म ती गैरजिम्मेवार व्यक्तिसंग पुनश्च क्षमायाचना गर्ने छैन । बरु म उनलाई एउटा चिठी लेख्छुतर अब म यहाँ फेरी आउनेछैन । म फेरी आएँ भने त म झुण्ड्याइने छु!

घरतिर फर्किदै गर्दा चेरभियाकोभले यस्तै कुराहरु सोच्यो । उसले जर्नेललाई त्यो चिठी लेखेन । उसले सोचेको सोच्यै गर्यो र जीउज्यान लगाएर जति सोच्दा पनि उसले पटक्कै केही पनि लेख्न सकेन । भोलिपल्ट ऊ आफै जानुपर्नेभयो र सबै कुराको बेलिबिस्तार लगाउनेपर्ने भयो ।

मैले सरकारलाई दुख दिन हिजो आएको थिएँ’, जर्नेलले उसलाई प्रश्नवाचक तवरले हेरीरहँदा उसले गुनागुनायो ।सरकारको जिकिर सही थियो तर म जिस्किने मनशायले भने आएको थिइनँ । मैले किन त्यस्तो हिम्मत गर्थें रजिस्किनु भनेको त मौसुफमाथी सम्मान नदेखाउनु भन्ने हुन्छ त्यो त-

बाहिर निस्की!अचानक चिच्याउँदै जर्नेल गर्जिए ।

हजुरके? त्रासले अचेतजस्तो भएको चेरभियाकोभले सुस्केरा हाल्यो ।

बाहिर निस्कीखुट्टा बजार्दै जर्नेलले दोहोर्याए ।

चेरभियाकोभको छातीमा केही कुरा जोडले फुटेको जस्तो भयो । केही कुरा पनि देख्न वा सुन्न नसक्ने भई ऊ ढोकामा ठोक्किदै त्यहाँबाट बल्लतल्ल घिस्रिदै बाहिर निस्क्यो । यन्त्रवतरुपमा घर पुगेपछिऊ आफ्नो पोशाक नखोलिकनै सोफामा पसारियो र मर्यो ।

Share on Google Plus

About Anup Joshi

Anup Joshi is an emerging young writer searching for space in Nepali literature. He writes poems, stories and lyrics for songs. As a student of English literature he loves reading books. He is also a passionate photographer and enjoys travelling.
    Blogger Comment
    Facebook Comment

1 सुझाबहरु:

  1. Toto-inspired Toto hits “를로를튀” in the new 2018 hit 카지노 카지노 ラッキーニッキー ラッキーニッキー 445Jackpot Slots: Play online slot machines payouts

    ReplyDelete